Margadarsan


  • थपिए २४२१ जना संक्रमित, ३५५८ जना मुक्त, ८१ जनाको मृत्यु

    मार्गदर्शन ९ असार २०७८, बुधबार

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण देखिएको हो ।

    कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया