काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकाले बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता अधिकार पाउनैपर्ने बताउनुभएको छ । बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उत्कृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिएमात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताउनुभयो ।
बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राख्नुभएको हो । बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उहाँले बताउनुभयो ।
यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावकविहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उहाँले भन्नुभयो । यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पु-याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’, प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताउनुभयो । यस कार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने भनाई पनि उहाँको थियो ।
नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले संगठन अब कमजोरीहरु हटाइ संगठन अघि बढने समेत बताउनुभयो । अलगै प्रशंगमा प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभयो । सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिनुभयो ।