काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार २९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ५८३ जनामा गरिएको पीसीआर र चारहजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८७७२ जनाको मृत्यु भइसकेको छ ।
तीन हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २२२ जना कोरोना संक्रमित थपिएका थिए ।




















