काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर परीक्षण गर्दा २ हजार ४९ जनामा र एन्टीजेटमार्फत ८६९ जनामा संक्रमित पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।

























