काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन् ।
हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
हाल देशभर ८० हजार ३३६ सक्रिय संक्रमित छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमणमुक्त भएका छन् । यो निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।

























