काठमाडौं । नेपालमा कोरोना भाइरसका ४९० जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाबाट ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ जनाको मृत्यु भएको छ । हाल चार हजार ३८४ जना आइसोलेशनमा र ६० जना क्वारेन्टिनमा छन् ।
























