काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै ग्राहकहरूलाई सहज तरिकाले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले धरान उपनगरपालिकाको भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडालगायत सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड वितरण गरेको छ ।
उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष रामकुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गर्नुभयो ।
बैंकको मोबाइल बैंकिङ्ग फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप÷वालेटमार्फत् बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । साथै सो रकम सम्बन्धित बिक्रेताको बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।
बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोरलगायत अन्य व्यावसायिक क्षेत्रहरूलाई समेत क्युआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडि लैजानका लागि आवश्यक योजना अगाडि सारेको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै मोबाइल बैंकिङ्ग तथा क्युआर कोडबाट भुक्तानी गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थामा विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन उक्त योजनालाई बैंकले अगाडि बढाएको हो ।
बैंकले हालसम्म देशभर ४१ हजारभन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको जनाएको छ । क्युआर प्रणालीमा आबद्ध हुन चाहने नयाँ व्यापारीहरूका लागि बैंकले बैंकको वेबसाइटमार्फत् अनलाइन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ ।
२२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।