कर्णाली । कर्णाली प्रदेश सरकारले कानून व्यवसायी मातृकाप्रसाद खनाललाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेको छ । गत फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६० ९२० बमोजिम दैलेख आठबीस नगरपालिका–२ निवासी खनाललाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेको हो ।
नवनियुक्त मुख्यन्यायाधिवक्ता खनाललाई आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश राजेन्द्र तिवारीले पद तथा गोपनियताको शपथ गराउनुभयो ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायतको उपस्थिति थियो । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हो । यसअघिका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएपछि प्रदेश सरकारले खनाललाई नियुक्त गरेको हो । रासस