काठमाडौंं । महान्याधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर आफूले पद त्याग गरेको घोषणा उहाँले गर्नुभयो ।
सरकारको प्रमुख कानुनी सल्लाहकारसमेत रहनुभएका उहाँलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाको सदस्य रहनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्मा उहाँले कानुनमन्त्रीको जिम्मेवारी वहन गर्नुभएको थियो ।