लहान । सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा आइतबार बम बिस्फोटमा संलग्न एक युवक पक्राउ परेका छन् ।
लहान–१८ भदैया घर भएका वर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्यानगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिनुभएको छ ।
मालपोत कार्यालयमा बम विस्फोट हुनुभन्दा अघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरका आधारमा उनलाई पक्राउ गरिएको हो ।
आइतबारको बम विस्फोटमा आठजना घाइते भएका थिए भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डौ पु–याएको थियो भने कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराटनगरमा भइरहेको छ । बाँकी ६ जनाको लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ ।
मालपोत कार्यालय लहानमा विस्फोट गराएको घट्नाको जिम्मेवारी जनतान्त्रिक तरा२ मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जय कृष्ण गोइतले लिएका थिए ।