काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि स्थिर भएको छ । नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बनेको हो ।
उहाँको उपचारमा संलग्न डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन ।
बीचमा स्वास्थ्यमा केही सुधार देखिए पनि शनिबारयता स्वास्थ्यमा गम्भीर समस्याहरु देखिएको झाले जानकारी दिनुभयो । अहिले पनि जोशी कोमामै रहनुभएको र भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ । नेता जोशी मस्तिष्कघात भएर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
सानो शल्यक्रियापछि सुधार भएको नेता जोशीको स्वास्थ्य अवस्था फेरि गम्भीर अवस्थामा पुगेको हो ।