काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ६२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ३९९ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार ३६१ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ६०५ जना निको भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएका छन् । हाल ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल ७६६ जना आइसोलेशनमा र ५९ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।



















