काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जानुहुने भएको छ ।
उहाँ नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँले पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो ।
उहाँको उपचार दिल्लीको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।
प्रतिनिधिसभा विघटन पछि नेताहरु उपचारका लागि दिल्ली जाने क्रम बढेको छ । केही समय अघि जसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली गएका थिए भने केही दिनअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली पुगेर फर्किएका थिए । नेपालमै उपचार सेवा उपलव्ध हुने अवस्थामा नेताहरुको दिल्ली धाउनुलाई ‘उपचारको वहना राजनीतिक भेटघाटको चाहना’ भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेका छन् ।