काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव घोषणा गर्र्नु, चुनाव लड्नु प्रतिगमन नभएको बताएका छन् ।
सप्तरीमा प्रेस मञ्च नेपाल र प्रेस नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले उनले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने पनि बताएका छन् ।
प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भइरहेको बताउँदै नेता महतोले अदालतले गर्ने फैसला नै सबैलाई मान्य हुने बताएका छन् ।
सर्वोच्च अदालतको निर्णयपछि देशको राजनीतिक अवस्था कस्तो हुन्छ, त्यसअनुसार नै आफूहरुले उपयुक्त निर्णय लिने वताउँदै नेता महतोले संसद पुनःस्थापना र निर्वाचनमध्ये कुनै पनि स्थायी समाधान नरहेको हुनाले जसपा नेपालले जनमुक्ति आन्दोलन गर्ने चेतावनी दिएका छन् ।