काठमाडौं । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नेकपा विभाजनको असर संसदमा देखिएको वताउँदै संसदमा भएका गालीगलौज देख्दा दया लागेको बताएका छन् । उनले आफू हीनताबोधका साथ सांसदमा उपस्थित भएको पनि बताए ।
नेकपा सांसदको गालीगलौज देखेर कांग्रेस सांसदहरुले मनोरञ्जन गरिरहेको बताउँदै नेकपा सांसद दाहालले नेपालको कम्युनिस्ट आन्दोलन ओरोलो लागेको बताए । सदनमा प्रतिपक्षलाई पनि उछिनेर सत्तापक्षकै साथी सरकारविरुद्ध गालीगलौजमा उत्रिएको देख्दा आफूलाई कठैबरी भन्न मन लागेको बताए।
प्रतिनिधिसभा निर्वाचनको घोषण प्रतिपक्षी कांग्रेसलाई अनुकूल अवस्था भएपनि जनतामा जान डराएको बताएका छन् ।