काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर–२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको र सो बारे थप अनुसन्धान भइरहेको एसएसपी राजेशनाथ बाँस्तोलाले बताएका छन् ।