काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रिय सचिब तथा नेपाल कराते महासङका सहमहासचिव ओम कृष्ण प्रसाईले अब जनताले निर्वाचनमा नेकपा फुटाउने पुष्पकमल दाहाल र माधव नेपाललाई लखेट्ने दावी गरेका छन् ।
खेलकुद क्षेत्रका प्रस्ट बक्ता नेकपाका युवानेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख, काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज समेत रहेका प्रसाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।
सफथ ग्रहण कार्यक्रम पछि मार्गदर्शनसँग कुरा गर्दै नेता प्रसाईले प्रतिनिधिसभा त के वडा सदस्य जितेर देखाउन पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाललाई चुनौती दिएका छन् ।अब काठमाडौका जनताले उनलाई लाठो लिएर खेद्ने ठोकुवा समेत गरेका छन् प्रसाईंले ।
अब कुन अनुहार लिएर माधब नेपाल जनतामाझ जान्छन् भन्ने प्रश्न गर्दै प्रसाईले आफ्नै नेतृत्वमा अघिल्लो प्रतिनिधि सभाको चुनाबमा पुर्ब प्रधानमन्त्री नेपाल बिजय हासिल गरेको बताएका छन् । प्रचण्ड जस्ता अबसरबादी पात्रका लागि जनताको मतलाई पासोमा राख्ने माधव नेपाल अब नेपाली राजनीतिका कालो धब्बा भएको प्रसाईले आरोप लगाएका छन् ।