काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अमेरिकाका लागि नवनियुक्त आवासीय राजदूत डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आज आयोजित समारोहमा डा. खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र सचिव लगायत अति विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।