काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा दर्ता गरेका थिए । उनीहरुले सार्वजनिक गरेको पत्र साढे १० वजे उल्लेख थियो । तर सचिवालय स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले साढे ३ बजे दर्ता भएको समाचार सार्वजनिक गरेपछि यो विषय विवादमा आएको थियो ।
संघीय संसद सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गरेर प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव साढे ३ बजे मात्रै दर्ता भएको स्पष्ट पारेको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।