दाङ । खानेपानीको भरपर्दो स्रोत नभएका कारण गाउँमा समस्या थियो । इनारको पानीले गुजारा चलाउनुपथ्र्यो । गर्मीमा विस्तारै इनारको पनि सुक्दै जाँदा समस्या हुन्थ्यो । अहिले गाउँमा पानीको धाराको लागि पाइप विस्तार भएपछि स्थानीयवासी खुशी भएका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा खनिएको बोरिङको पानी गुरुवागाँउ, बेरुवागाउँ र गुरगैका मानिसले उपभोग गर्नेछन् । रु दुई करोडको लागत ५३ लाखले जनश्रमदानमा आयोजनाको काम धमाधम भइरहेको उपभोक्ता समितिका अध्यक्ष बामदेव शर्माले बताए ।
“डिभिजन खानेपानी तथा सरसफाइ संस्था दाङले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गाउँ–गाउँमा खानेपानीको धारा जडान गर्न थालेको छ । जसबाट उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । बोरिङ खनेर पानी आइसकेको छ पाइप विच्छ्याउने काम सम्मपन्न भइसकेको छ”, शर्माले भने । तीन वर्षे योजनाअनुसार काम थालनी गरिएको हो । पाइप विस्तार भइसकेपछि ओभरहेड ट्याङ्कीमा पानी जम्मा गरेर सिधैँ उपभोक्ताको धारामा पु¥याउने लक्ष्य रहेको शर्माले जानकारी गराए । गाउँका २०० घरधुरीलाई पहिलो चरणमा पानी पु¥याउने उद्देश्यले पाइपलाइन विस्तार भइसकेको छ । यो भन्दा अघि गाउँमा पानीको निकै समस्या रहेको शर्माले बताए ।
जसोतसो गुजारा चलाए पनि गर्मीको समयमा पशु चौपायलाई पानी पुग्दैनथ्यो । पानीको सधैँ समस्या हुन्थ्यो, अब पानीको समस्या टरेको उपभोक्ता समितिका उपाधक्ष्य बिमला रिजाल बताउँछिन् । उनले भने, “पानीको समस्या धेरै थियो खानेपानीका लागि बनाइएका इनार सुक्थे, नुहाउन र कपडा धुन समस्या थियो, पानी विस्तारले धेरै खुशी भएका छौँ ।”
घोराही–६ गुरगैका हिमाल चौधरीले गर्मीयाममा इनारको पानी सुकेर खानेपानीको समस्या थियो, खानेपानी योजनाको लागि लागत सहभागितामा रकम उठाउन र जनश्रमदान गर्न गाह्रो भए पनि धारामा पनि आउने भएपछि खुशी भएको बताउँछन् । दाङमा दुई वर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन वर्षभित्र जिल्लामा एक घर, एक धारा पु¥याउने प्रदेश सरकारको सङ्कल्पअनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले दुई वर्षको अवधिमा ६ हजार ७७४ घरमा खाने पानीका लागि धारा जडान गरेको हो ।
कार्यालयले गत वर्ष ५ हजार ४७४ घरमा र यस वर्षको प्रथम चौमासिकमा एक हजार २०० गरी साढे ६ हजार ७०० बढी घरमा धारा जडान गर्न सफल भएको हो । सङ्घीय संरचनामा कार्यालय स्थापना भएको दुई वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा खानेपानीको धारा जडानसँगै घरमै खानेपानी सुविधा पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिए ।
उनले भने, “करिब दुई वर्षको अवधिमा पाँचवटा आयोजना सम्पन्न गरेर धारा पुर्याएका छौं ।” कार्यालय प्रमुख पोखरेलका अनुसार हालसम्म घोराही–५ को सङ्गुरेमा ४०४, घोराही–१७ को धाइरेखुटीमा एक हजार ११४, बङ्गलाचुली गाउँपालिका–८ हाँसिपुरमा ३९७, बङ्गलाचुलीकै कुइजातापामा ३१९ र लमही नगरपालिका–१ नर्र्तीमा ३ हजार दुई ४० धारा जडान गरिएको छ ।
यस वर्ष करिब जिल्लाका ११८ खानेपानी आयोजनामध्ये ३५ प्रतिशत खानेपानी आयोजना सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पोखरेलले बताए । उनले भने, “अधिकांश खानेपानी आयोजनाको बोरिङ खन्ने, ट्याङ्की निर्माणलगायत काम सकिएका छन् । अब ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी लैजानका लागि पानी जडान गर्न बाँकी छ । ती योजना बजेट अभावमा रोकिएका छन् ।” मन्त्रालयले बजेट दिए जतिसक्यो चाँडै काम सकिने उनले बताए ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकारको ११८ खानेपानी आयोजना निर्माणकै चरणमा रहेकामा यस वर्ष करिब ३० बढी खानेपानी आयोजना सम्पन्न गर्ने तयारी छ । बाँकी रहेका योजना अर्को वर्ष पूरा गर्ने लक्ष्य छ । जिल्लामा करिब ७४ प्रतिशत जनसङ्ख्या आधारभूत तहको खानेपानीको पहुँचमा रहेका छन् । दाङ कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङअन्तर्गत सङघीय र प्रदेश सरकारका २६७ वटा खानेपानी योजना निर्माणका क्रममा छन् । उक्त खानेपानी योजनाका लागि प्रदेश सरकारले रु ४८ करोड बढी बजेट विनियोजन गरेको छ । – रासस