ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्नु भएको छ ।
घुन्सा फाउन्डेसनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नु भएको थियो ।
भवन उद्घाटनअघि प्रधानमन्त्री ओलीले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुवास नेम्वाङलगायत घुन्सा आउनु भएको छ ।
जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।