झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा सीमा ईलाकाबाट कार्तिक २६ गते एपीएफ टोलीले करिब ९ सय ४० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने २४ वर्षिय अजय चौधरी छन् ।
भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज चौधरी लाई ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।