काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २६१ जनामा कोरोना भाइरस सङ्क्रण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना सङ्क्रमित थपिएका हुन ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ । जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८६७, ललितपुरमा ८ हजार १६८ र भक्तपुरमा ५ हजार ४१६ जना संक्रमण मुक्त भएका छन् ।
यसैगरी काठमाडौंमा २८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको छ ।