काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थपिएका २३६४ जना कोरोनाभाइरसका संक्रमित मध्ये १ हजार ६१५ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ७०४ महिला र ९११ पुरुष संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार ५२१, ललितपुरमा दुई हजार ७४० र भक्तपुरमा एक हजार ७५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ३२८ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २०९, ललितपुरमा ५८ र भक्तपुरमा ६१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा गरेर ३ हजार ३८ जना सङ्क्रमणमुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।