काठमाडौं । बडादसैँ फूलपातीका अबसरमा आज नेपाली सेनाले टुडिखेलमा एक समारोहको आयोजना गरेको छ । विगतका वर्षहरुमा भव्य रुपले धेरै पाहुनालाई निम्तो दिएर मनाउने गरिएपनि यस वर्ष कोरोना महामारीका कारण थोरै पहुनाहरुको उपस्थितिमा फूलपानी मनाइएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।


























