काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २ हजार ७२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा एक हजार ९२ महिला र एक हजार ६२८ जना पुरुषमा संक्रमण पहिचान भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २४ हजार १३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । जसमध्ये काठमाडौंमा २०१९६, ललितपुरमा २५७४ र भक्तपुरमा १३६५ जनामा भाइरस सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा ३३८६३, ललितपुर ४९३३ र भक्तपुर ३६२९ जना गरी उपत्यकामा हालसम्म ४२ हजार ४२५ जना निको भएका छन् ।
त्यस्तै सङ्क्रमणबाट हालसम्म काठमाडौंमा १८६, ललितपुरमा ५३ र भक्तपुरमा ५४ गरी उपत्यकामा २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।