काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ३८८ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । १५ हजार ७१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३६ हजार २३६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएका छन् ।