काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार १२९ जनामा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ मा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ५५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरिबाट एक हजार ५०३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७८ हजार ७८० जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३५ हजार ९१५ पुगेको छ ।