काठमाडौं । खोटाङको रावाबेशी गाउँपालिका वडा नं ३ त्रिपाका जेष्ठ एवं अपांङ्ग नागरिकलाई घरमै नागरिकता प्रदान गरिएको छ । केही दिनअघि ३ नं वडा त्रिपाका स्थानीय फुलकुमारी माझी (जन्म मिति २००६ साल अपाङ्ग), बिवा माझी (जन्म मिति २००३ साल), खरा माझी (जन्म मिति२००९ साल) र रेवत मगर (२०५५साल अपाङ्ग) लाई नागरिता प्रदान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले वताएका छन् ।
उनीहरू त्रिपामा आफ्ना बुवा–आमा एवं सनाखत गर्ने कोहि नभएर नागरिता पाउन नसकिरहेको अबस्थामा उनीहरुलाई आफूहरुले नागरिता प्रदान गरिएको अध्यक्ष निरौलाले वताए ।
रावावेशी गाउँपालिकाको समन्वयमा खोटाङ्गका प्रमुख जिल्ला अधिकारी र रावाबेशी गाउँपालिका अध्यक्षले संयुक्त रुपमा उनीहरुलाई नागरिता प्रदान गरेका हुन ।
घरदैलो गर्दै नागरिता प्रदान गरिएको सो कार्यक्रममा खोटाङका प्रहरी नायव उपरिक्षक (डीएसपी) लगाएत स्थानिय जनप्रतिनिधि, बुद्वीजिविको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ।