काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६४९ जना, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका ४ जना मध्ये एक जना भक्तपुरकी ५१ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?