काठमाडौं । पछिल्लो २४ घण्टामा थपिएका १३२५ जना कोरोना संक्रमित मध्ये ७६७ जना काठमाडौं उपत्यकाका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २, भक्तपुरका १ सय १ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका १० जना मध्ये काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।
ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?