काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ३७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ७ सय ३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयले काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।
आज थपिएका समेत गरेर उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ। उनीहरु मध्ये काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० जना छन् ।