काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३२६ जनााम कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरमा ९७९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आजसम्म कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ जना पुगेको छ ।
हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० जना पुगेको छ ।