काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौँ जिल्लामा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको छ ।
हालसम्म काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८१८२ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन् ।