काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
आज उपत्यकामा थपिएकाहरुमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना छन् ।
हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ जना रहेको प्रवक्ता गौतमले बताएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ११२ जना संक्रमण मुक्त भएका छन् । उनीहरु समेत गरेर २३ हजार २९० जना निको भइसकेका छन् ।
त्यस्तै पछिलो २४ घण्टामा कोरोना संक्रमित मध्ये १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
पछिल्लो पटक मृत्यु पुष्टि हुनेहरुमा महिला र पुरुष ६÷६ जना छन् । काठमाडौं र चितवनका ३÷३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुर, तनहुँ, कपिलवस्तु, बारा, भक्तपुर र धादिङमा १÷१ जनाको मृत्यु भएको हो ।