काठमाडौं । पछिल्लो २४ घण्टाका काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन । यो संख्या एकै दिन देखिएको हालसम्मकै सवैभन्दा धेरै हो । यसअघि शुक्रबार ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी तीन जनाको मृत्यु भएको छ ।