काठमाडौं । काठमाडौँ उपत्यकामा एकै दिन हालसम्मकै धेरै ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा संक्रमण देखिएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।