काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा तीन सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २३०, ललितपुर ४७ र भक्तपुरमा २४ गरी ३०१ जनामा संक्रमण देखिएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। त्यसैगरी, काठमाडौंमा ३ हजार १८५, ललितपुरको ४८७ र भक्तपुरमा ३४७ संक्रमित पुगेका छन्।
बुधबार देशभर ८ सय ८५ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३४ हजार ४१८ पुगेको छ। २४ घण्टामा ३८५ जना डिस्चार्ज भएसँगै १९ हजार ५०४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । दुई महिला र ९ पुरुषको निधन भएको हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।