काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन २०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। उनीहरु मध्ये काठमाडौंका २ हजार १५२, ललितपुरका ३६८ र भक्तपुरका १७९ छन् ।
आज देशभरमा गरेर ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएका छन् । योसँगै नेपाल हालसम्म १७ हजार ९६४ जना निको भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।