काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको छ। जसमध्ये काठमाडौंमा १ सय ३ सय ६१, ललितपुरमा २ सय २१ र भक्तपुरमा १ सय १५ संक्रमित छन् ।
शुक्रबार देशभर ५ सय ९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २५ हजार ५ सय ५१ पुगेको छ। जसमध्ये निको हुनेको संख्या १७ हजार ७७ छ भने ९९ जनाकाृ मृत्यु भएको छ बाँकी संक्रमितको उपचार भइरहेको छ ।