काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार काठमाडौंमा १ सय १० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।
उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
मंगलबार देशभरमा ६सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























