काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित थपिएका हुन । यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ८० पुगेको छ।
काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका हुन्। काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
























