काठमाडौं । बिहीबार थपिएका २ सय ७४ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ४१, भक्तपुर र ललितपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुसहित उपत्यकामा संक्रमितको संख्या ५ सय ३६ पुगेको छ।