काभ्रे । गाई र बाख्राले जस्तोसुकै रङको बच्चा जन्माए पनि नेपाली समाजमा अनौठो मानिदैंन । तर भैंसीको हकमा भने यो नियम अलि फरक छ । आममानिसहरुको अवधारणामा पनि फरकपन रहँदै आएको छ । भैंसी जस्तोसुकुै जातको भएपनि कित खैरो वा कालो रङ भएका पाडापाडी जन्माउने गरेको घटना हाम्रो समाजमा बिद्यमान छन ।
प्रायगरी कालो रङ भएका भैंसीले कालै र खैरो जातको भैंसीले त्यही रङको पाडापाडी जन्माउने गरेका छन । यसलाई अनौठो मानिरहन आवश्यक छैन र परेन पनि । तर कालो रङको भैंसीले निख्खर सेतो पाडो जन्माएपछि भने अनौठो घटना मानिएको छ । काभ्रे जिल्लाका एकजना किसानले पालेको भैंसीले गएको साउन ९ गते निख्खर सेतो पाडीलाई जन्माएको छ । अहिले योे घटना काभ्रेमा मात्र चर्चित छैन यसले मुलुकभर नै चर्चा पाएर हल्लीखल्ली नै मच्चिएको छ ।
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्वर ५ साबिक पोखरी चौंरी नम्बर वडा ३ सुलिकोट निवासी निलकण्ठ चौलागाईंको घरमा रहेको काली भैंसीले निख्खर सेतो पाडी जन्माएको छ । यो सायद अहिलेसम्मकै अनौठो घटना हो । कतै कतै टाटे पाटे हल्का देखिने जस्तो त जन्मेको घटना बाहिर देखिएका पनि छन । तर बिरलै भने यो पाडी बिल्कुलै सेतो जन्मिएको छ ।
चौलागाईंले उक्त भैंसी दुई महिना अगाडिमात्र सोही गाउँपालिकाको अर्को वडाका किसानबाट किनेर ल्याएका हुन । सो पाडोलाई हेर्नका लागि दिनहुँ वरपरको गाउँगाउँबाट मानिसहरुको भिड लाग्ने गरेको छ ।