काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । वीरगञ्जस्थित अस्पतालमा उपचाररत् ८५ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट आज मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। मदन उपाध्यायका अनुसार कोरोना संक्रमित ८५ वर्षीय महिला दीर्घरोगी थिइन् ।
मुटुको दिर्घरोगी ती महिलालाई निमोनियाको लक्षण देखिएपछि वीरगञ्जको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो।
साउन ७ गते पीसीआर परीक्षणमा कोभिड–१९ को पोजिटिभ रिपोर्ट आएपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो।
ती संक्रमितको आईसीयू कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ।