काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा बिहान भएको भेटमा उहाँहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । यसअघि राजदूत यान्छीले माधव नेपालसँग कोटेश्वरस्थित निवासमा पुगेर भेट गरेकी थिइन् ।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूतको सक्रियतालाई पुराना कूटनीतिज्ञहरुले कूटनीतिक मर्यादाविरुद्ध भनेका छन् । कुनै पनि देशको राजदूतले नेपालको आन्तरिक मामिलामा दख्खल दिने हिसावले घरघरमा गएर नेताहरुसँग भेट गर्नु मनासिव नहुने उनीहरुको तर्क छ ।
परराष्ट्र मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र राजदूतले सार्वजनिक पदमा बसेका व्यक्तिलाई भेट्न पाउँछन् । तर केही वर्षयता राजदूतहरुले आफूखुशी गरेर नेपाली राजनीतिमा अत्याधिक चासो राख्ने गरेको देखिन्छ ।



















