भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतले नेपाल प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले मानवीय आस्था नेपालको सहयोगमा उपलब्ध ती सामग्री कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीलाई प्रदान गर्नुभएको हो । प्रदान गरिएको सामग्रीमा हात धुन प्रयोग गर्नका लागि ५०० लिटरको पानी टैंकी आठ वटा, ३०० थान पञ्जा, २ सय ९६ थान सेनिटाइजर, थप ५ लिटर सेनिटाइजर, ५०० थान मास्क, १५ थान पिपिईलगायत छन् ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, जगाती वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालालाई उहाँले ती सामग्री हस्तान्तरण गर्नुभयो ।