प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मुटुको धड्कन बढ्ने समस्या देखिएपछि हिजो बिहिबार) राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।
प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको बताउनुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।
२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।