काठमाडौं । भारत तीन साताका लागि लकडाउन भएको छ । भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले आज साँझ टेलिभिजन सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी तीन साता अर्थात २१ दिनका लागि देशभर लकडाउन घोषणा गरेका हुन् ।
‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’ भन्ने व्यानर देखाउँदै प्रधानमन्त्री मोदीले २१ दिनका लागि बाहिर निस्कन बिर्सिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले आम नागरिकलाई घरमै बस्न आग्रह गरेका छन् ।
स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले १५ हजार करोड रुपैयाँ छुट्याएको मोदीले बताएका छन् ।
यसैवीच भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् ।
दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा ९जनता कफ्र्यू० को सज्ञा दिएको थियो ।
भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।

























