काठमाडौं । सार्क राष्ट्रमा कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरिएको छ । कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।
कोषमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने मोदीले प्रस्ताव गरेका छन् ।
संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले जानकारी गराएका छन् ।
‘सार्क साझेदारहरुसँग रोग निगरानी सफ्टवेयर सेयर गर्ने वताउँदै प्रधानमन्त्री मोदीले त्यसलाई कसरी सञ्चालन गर्ने विधिबारे तालिम पनि दिने बताएका छन् । कोरोना महामारीको रुपमा फैलनबाट रोक्नका लागि भारतले चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिम निर्माण गर्ने पनि बताएका छन् ।
छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको कोषमा नेपालको पनि योगदान रहने बताउनु भएको छ ।
‘सो कोषमा नेपालको पनि योगदान रहनेछ,’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
उहाँले कोरोनाजस्ता गम्भीर स्वास्थ्य समस्या सामना गर्न सार्कस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने पनि बताउनु भएको छ ।

























